मेलमिलाप दिवसमा महामन्त्रीद्धयको सन्देश : अब बदलिएको कांग्रेस र बलियो कांग्रेस

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले संसद्को ठूलो दल हुँदापनि प्रतिपक्षमा बस्नुपर्दा पार्टीमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाएको बताएका छन् । उनीहरुले अब बदलिएको कांग्रेस र बलियो कांग्रेसको लागि सुस्पष्ट खाका निर्माण गरिने पनि प्रतिबद्धता जनाएका छन् ।

महामन्त्रीद्धयले अहिलेको परिस्थितिको गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै अबको बाटो तय गरिने स्पष्ट पारेका छन् । आज (शनिबार) मेलमिलाप दिवसको शुभकामना दिँदै महामन्त्रीद्वयले अहिलेको परिस्थितिबारे आत्मसमीक्षा र आत्ममूल्यांकन हुनुपर्ने बताएका हुन्।

  • १६ पुष २०७९, शनिबार १३:३० प्रकाशित