सुदूरपश्चिमका प्रदेश सांसदले लिए शपथ

केन्द्रभाग मिडिया

धनगढी ।

सुदूरपश्चिम प्रदेशसभाका नवनिर्वाचित सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन् ।

शुक्रबार प्रदेशसभा भवनमा अछामबाट निर्वाचित ज्येष्ठ सदस्य मानबहादुर रावलले पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली कांग्रेसकी समानुपातिका प्रदेशसभा सदस्य गिता चौधरीले मातृभाषामा शपथग्रहण गरेका हुन् भने अन्य प्रदेशसभा सदस्यले नेपाली भाषामै शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघि शुक्रबार दिँउसो ज्येष्ठ सदस्य रावलले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथलिएका थिए । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा रावलले शपथलिएका हुन्।

  • १५ पुष २०७९, शुक्रबार १६:४७ प्रकाशित