प्रधानमन्त्री प्रचण्डलाई मोदीको लिखित बधाई पत्र

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालकालागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।

भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई पत्र राजदूत श्रीवास्तवले हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा नेपाल र भारतबीचको सम्वन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको बताइएको छ।

  • १५ पुष २०७९, शुक्रबार १६:४१ प्रकाशित