कार्यविधि विपरित परिचालित सुरक्षाकर्मी धमाधम फिर्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

गृहमन्त्रालयले कार्यविधिमा तोकिएको भन्दा विपरीत खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता बोलाउन थालेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूको व्यक्तिगत सहयोगीको रुपमा खटिएका सुरक्षा अधिकारिहरु फिर्ता भएका हुन् ।

गृह मन्त्रालयले पुस १२ मा ४८ घण्टाभित्र कार्यविधि मिचेर परिचालन गरिएको सुरक्षाकर्मी फिर्ता गराउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो । बिहिबार साँझसम्म नेपाल प्रहरीका १०३ जना प्रहरी कर्मचारी फिर्ता आएको प्रहरी प्रवक्ता (डिआईजी) टेक प्रसाद राईले जानकारी दिएका छन् ।

  • १५ पुष २०७९, शुक्रबार ०९:१३ प्रकाशित