गृहमन्त्री लामिछानेले पिर्का नराखी सलामी लिए

केन्द्रभाग मिडिया

काठमाडौं ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने हरिहरभवनस्थित् सरकारी क्वार्टर सरेका छन् ।

गृहमन्त्री लामिछाने आज सरकारी निवासमा सरेका हुन् । सो क्रममा गृहमन्त्री लामिछाने दम्पत्तिले पुजापाठ पनि गरेका थिए ।

मन्त्री लामिछानेलाई नेपाली सेनाले सलामी दिएको थियो । सलामीका क्रममा भने भुइँमा पिर्का राखिएको थिएन ।

लामिछानेका सचिवालय सदस्य दीपक बोहोराले सार्वजनिक गरेको तस्विरमा नै पिर्का राखिएको छैन भनेर लेखिएको छ ।

  • १४ पुष २०७९, बिहीबार १७:३० प्रकाशित