बेवारिसे शव फेला

केन्द्रभाग मिडिया

महोत्तरी ।
महोत्तरीको पिपरा गाउँपालिकामा बेवारिसे शव फेला परेको छ । पिपरा गाउँपालिका(५ स्थित चाँदनी चोक नजिकै पहिचान नखुलेको शव बिहीबार बिहान फेला परेको हो । जनकपुर(जलेश्वर सडकखण्डको उत्तर साइडको कल्भर्ट नजिक जमेको पानीमा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पुरुष जस्तो देखिने शवलाइ इलाका प्रहरी कार्यालय सहोडवावाट मुचुल्कासहित प्रहरीले पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज राइले जानकारी दिए ।अन्दाजी २५(३० वर्षको तराइ मूलको जस्तो देखिने उक्त शवको विषयमा पोष्टमार्टमपछि थप खुल्न सक्ने प्रहरीले जनाएको छ ।

  • १४ पुष २०७९, बिहीबार १७:२५ प्रकाशित