सत्ता साझेदार दलहरूको बैठक सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा सुरु भएको छ । शक्ति बाडफाँटका विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भए पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।मन्त्रालयको भागबण्डा लगायतका विषयमा बैठकमा छलफल हुने बुझिएको छ ।अहिलेसम्म एमालेबाट ४ माओवादीबाट १ र स्वतन्त्र पार्टीबाट एक जना मन्त्री नियुक्त भएका छन् ।

शक्ति बाँडफाँटसँगै राप्रपालगायतका दलहरूलाई सरकारमा सहभागी गराउने विषयमा पनि बैठकमा छलफल हुनेछ ।

  • १४ पुष २०७९, बिहीबार १०:०१ प्रकाशित