बढ्यो चिसो : यी दुई प्रदेशको हिमाली भेगमा हिमपात

केन्द्रभाग मिडिया

पोखरा ।

देशभर दिनदिनै चिसो बढीरहेको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा​ हुस्सु लागेको छ ।

आज प्रदेश १ र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।हिमाली भू-भागमा हिमपात र तराईका केही भू-भागमा हुस्सु लाग्दा दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • १४ पुष २०७९, बिहीबार ०९:०३ प्रकाशित