साइत हेराएर आज बालुवाटार सर्दै प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।

प्रचण्ड ज्योतिषीलाई साइत हेराएर आफ्नो निजी निवास खुमलटारबाट सरकारी निवास बालुवाटार सर्ने भएका हुन् । उनी बेलुका ५ बजे परिवारसहित बालुवाटार सर्ने सचिवालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनीसँग साइत हेराएर बालुवाटार छाडी धुम्वाराहीमा सरेका छन् ।

  • १३ पुष २०७९, बुधबार १५:५६ प्रकाशित