काठमाडौं ।
समायोजन भएका कर्मचारीको व्यवस्थापनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जुटेको छ ।
समायोजन मिलानका क्रममा स्थानीय तहमा समायोजन गरिएकोमा समस्या उत्पन्न भएपछि कर्मचारी व्यवस्थापनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जुटेको हो ।
कर्मचारीलाई तलब खुवाउन नसकिने भन्दै स्थानीय तहले धमाधम फिर्ता पठाएपछि त्यसलाई रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जुटेको छ ।
८ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै संघीय स्वास्थ्य मन्त्रालयले समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्यका कर्मचारीको खटिएको ठाउँमा अपुग भएको तलबभत्ता हाललाई स्वास्थ्य मन्त्रालयको वित्तिय बजेट हस्तान्तरण मार्फत दिइने जनाएको छ ।