शेखर-गगन पक्षले आफू पक्षीय भेला बोलाउँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको शेखर–गगन पक्षले आफू पक्षीय नेताहरुको भेला बोलाउने भएको छ ।उक्त पक्षको बुधबार बिहान बसेको शीर्ष नेताको बैठकले आफ्नो पक्षको बैठक बोलाउने निर्णय गरेको हो ।

यो समूहको बैठक केन्द्रीय समितिको बैठक अघि नै डाकिने छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक २२ पुसमा बस्ने गरि बोलाएका छन् ।

‘आज सामान्य छलफल ग¥यौं । केन्द्रीय समिति र प्रदेश समितिमा जितेकारहारेका सबैलाई बोलाएर अहिलेको समग्र परिस्थितिमा छलफल गर्ने कुरा भएको छ ।’ बैठकमा सहभागी नेता अर्जुनरसिंह केसीले भने ।

आजको बैठकमा प्रदेशमा संसदीय दलको नेतामा उम्मेदवारी दिने वा कसलाई सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो ।

  • १३ पुष २०७९, बुधबार १४:२६ प्रकाशित