पोखरा ।
पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विष्णुप्रसाद बास्तोलाको निधन भएको छ । नेपाली कांग्रेस कास्कीका पूर्व उपसभापति एवं पोखरा महानगर वडा नं. ९ का पूर्व अध्यक्षसमेत रहेका बास्तोलाको बुधबार बिहान निधन भएको हो ।
उनको बुधबार नै अन्त्यष्टि गरिएको छ । यता पूर्व अध्यक्ष विष्णु प्रसाद बास्तोलाको निधनको शोकमा बुधबार पोखरा उपत्यका नगरविकास समितिको कार्यालय र पोखरा महानगरको वडा नम्बर ९ को कार्यालय बन्द गरिएको छ ।
पूर्व अध्यक्ष बास्तोलाको निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पोखरा उपत्यका नगरविकास समितिको कार्यालय र वडा नम्बर ९ को कार्यालय एक दिनका लागि बन्द गरिएको पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष समेत रहेका पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए । ‘हाम्रो उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष विष्णु प्रसाद बास्तोलाको आज निधन भएको छ । उहाँको निधन प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकमा आज एक दिन उपत्यका नगरविकास समितिको कार्याल र उहाँ पोखरा ९ को पूर्व अध्यक्ष समेत भएकाले उक्त वडाको कार्यालय पनि आज बन्द गरिएको छ’ मेयर आचार्यले भने, ‘पूर्व अध्यक्ष बास्तोला प्रति भावपूर्ण श्रद्धाञ्जली र उहाँको परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छौं’