गण्डकीमा प्रदेशसभाका जेष्ठ सांसद बस्यालले लिए सपथ

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशसभाका ज्येष्ठ सांसद मित्रलाल बस्यालले आज शपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सपथ गराएका हुन् ।

संविधान अनुसार प्रदेश प्रमुखले जेष्ठ सांसदलाई सपथ गराउने र उनै जेष्ठ सांसदले अरु सांसदलाई शपथ गराउने व्यवस्था छ ।

प्रदेशसभामा निर्वािचित सांसद मध्ये बस्याल ६५ वर्षका भए । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र मन्त्रीहरुका साथै नवनिर्वाचित सांसदहरुको समेत उपस्थिति थियो ।

अन्य ५९ सांसदलाई बिहीबार संसद भवनमा सपथ गराइने छ । संसद सचिवालयले सांसदहरुलाई मातृभाषामा पनि शपथको तयारी गरेको छ ।

  • १३ पुष २०७९, बुधबार १२:१३ प्रकाशित