प्रचण्ड, माधव र उपेन्द्रबीच हात्तिवनमा भेट

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग छलफल थालेका छन् ।

नेकपा एस र जसपालाई सरकारमा सहभागी गराउन प्रचण्ड सो पार्टीका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।अहिले हात्तिवनमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच वार्ता जारी रहेको छ ।

यी दुई दललाई पनि सरकारमा सहभागी गराएर मन्त्रिमण्डल विस्तार गर्ने तयारी प्रचण्डको छ ।

  • १३ पुष २०७९, बुधबार १०:४१ प्रकाशित