कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक डाकेको छ । पुस २२ गते शुक्रबार दिउँसो १ बजेका लागि बैठक तय गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उक्त बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचको समीक्षा, समसामयिक राजनीतिक सन्दर्भबारे छलफल हुने उनले बताए ।कांग्रेसको नेतृत्वमा रहेको पाँचदलीय गठबन्धन एकाएक परिवर्तन भएर एमाले नेतृत्वमा सत्तासमीकरण बनेसँगै कांग्रेसमा अहिले आरोप-प्रत्यारोप चलिरहेको छ ।

गठबन्धन तोडिएसँगै पार्टीलाई भएको क्षति पनि बैठकमा समीक्षा हुने एक नेताले जानकारी दिए ।

  • १२ पुष २०७९, मंगलवार १६:५८ प्रकाशित