काठमाडौं ।
नवनिर्वाचित गृहमन्त्री रवि लामिछानेले नियुक्ति भएको भोलिपल्टै आज पहिलो एक्सन लिएका छन् । लामिछानेले
गृहमन्त्रालयले कार्यविधिविपरीत भीआईपीको पीएसओ र सेवा सुविधा ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएका छन् ।
विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा व्यवस्था गरिएको भन्दा विपरीत सेवा सुविधालगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरिएको मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव फणिन्त्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कार्यविधिमा बहालवाला तथा पूर्वकर्मचारी तथा सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेको छ ।