प्रधानमन्त्री दाहालले दिनमणि पोखरेललाई गरे महान्यायाधिवक्तामा सिफारिस

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्तका लागि सिफारिस गरेका छन् ।

प्रधानमन्त्री दाहालले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले दावी गरेको छ ।

माओवादी केन्द्रनिकट मानिने वरिष्ठ अधिवक्ता पोखरेल सर्वोच्च अदालतको न्यायाधीशमा जाने चर्चा चलेको थियो । प्रधानमन्त्रीमा दाहाल नियुक्त भएसँगै सरकारको कानुनी सल्लाहकारको रुपमा महान्यायाधिवक्तामा नियुक्त गर्न लागिएको हो ।

महान्यायाधिवक्ताको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट हुनेछ ।

  • १२ पुष २०७९, मंगलवार १४:४० प्रकाशित