पोखरामा छुट्टाछुट्टै स्थानमा दुर्घटना : दुई जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

पोखरा महानगरपालिका –२६ कालिका चोकमा ग.२ ख १२४० नम्बरको टिपरले ग.१४ प १३०६ नम्बरको स्कूटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कूटर चालक सोही महानगरपालिका–२८ कालिका बस्ने ६२ वर्षीय कृतिराम पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्‍चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी पोखरा महानगरपालिका–२५ हेम्जा सुन्दरपुरी चोकमा ग.१७ प ७३४५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय रत्न बहादुर बिकको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै उता बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ स्थित सडकमा से.२ त २३४३ नम्बरको ट्याक्टर पल्टिएर सोमबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक सोही गाउँपालिका–५ बस्ने २८ वर्षीय मंगल धामी सहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

  • १२ पुष २०७९, मंगलवार १४:०९ प्रकाशित