यी दुई प्रदेशको पहाडी भेगमा हिमपातको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा।

देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।बिहान तराई क्षेत्रमा हुस्सु लागेको छ भने पहाडी क्षेत्रमा बदली छ ।

दिउँसो कर्णाली र सुदूरपश्चिम लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको अनुसार प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

  • १२ पुष २०७९, मंगलवार ०९:१२ प्रकाशित