नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव गठबन्धन बैठकमा लैजाने निर्णय गरेको हो ।

सत्ता गठबन्धनको बैठक अहिले केही बेरपछि बस्दै छ ।

श्रेष्ठलाई कुन मन्त्रालय दिने भन्ने विषयको टुंगो गठबन्धन बैठकपछि हुने माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए ।बैठकमा नयाँ मन्त्रिमण्डल गठन लगायतका विषयमा छलफल हुनेछ ।

  • ११ पुष २०७९, सोमबार ११:२१ प्रकाशित