एमाले नेतृत्वमा सातदलीय गठबन्धनको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

एमाले नेतृत्वमा बनेको सातदलीय गठबन्धनको बैठक बोलाइएको छ ।

दिउँसो ११ बजे संघीय संसद भवन बानेश्वरमा बैठक बस्न लागेको हो । सरकार गठनका लागि नयाँ समीकरण बनेसँगै विकसित राजनीतिक परवेश र अबको भूमिकाबारे रणनीति बनाउँन गठबन्धनका शीर्ष नेता जुट्न लागेका हुन् ।

एमाले, माओवादी, राप्रपा, रास्वपा, जसपा, नागरिक उन्मुक्ति र जनमतसमेत ७ दल र स्वतन्त्र गरी १७० सांसदको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भइसकेका छन् ।

गठबन्धनमा ‘पावर शेयरिङ’ टुंग्याउन बाँकी छ । आइतबारको बालकोट बैठकमा राष्ट्रपति र सभामुख एमालेले पाउने र साढे २ वर्षको आलोपालोमा माओवादी(एमालेले प्रधानमन्त्री लिने सहमति बनिसकेको छ ।

  • ११ पुष २०७९, सोमबार १०:१२ प्रकाशित