गठबन्धन जोगाउन रामचन्द्रको दौडदुप

केन्द्रभाग मिडिया

काठमाडौँ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका छन् । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको एक साताको समय गुज्रन लाग्दा गठबन्धन दलबीचको एकता कायम राख्न पौडेलले सक्रियता बढाएका हुन् ।

शनिबार बिहान प्रचण्ड र नेपालसँग एक घण्टा छलफल भएको पौडेलनिकट स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । सो भेटमा नयाँ सरकार गठनका लागि सहमति जुटाउने र यही गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने बारेमा छलफल भएको बताइएको छ ।

भोलि साँझ ५ बजेसम्म सरकार गठनका लागि राष्ट्रपतिलाई प्रधानमन्त्रीको नाम दिनुपर्ने दबाबमा रहेका सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा जारी छ ।

  • ९ पुष २०७९, शनिबार १७:१७ प्रकाशित