काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एसइइका विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने जनाएको छ ।
२०७९ सालको माध्यामिक शिक्षा परीक्षामा (एसईई)मा ‘सी प्लस’ ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरुले सोही विषयमा मात्र परीक्षा दिन पाउने स्पष्ट पारेको हो ।
कर्यालयले सूचना जारी गर्दै कक्षा गत बैशाखमा सञ्चालन भएको एसईई परीक्षामा सी वा सी भन्दा कम ग्रेड प्राप्त गरी भदौ ११ र १२ गतेको पूरक (ग्रेड वृद्धि) परीक्षामा सम्मिलिन भएका र कम्तीमा सी ग्रड प्राप्त गर्न नसकेका विद्यार्थीहरुले सोही विषयमा मात्र परीक्षा दिन पाउने भएकाले सोही अनुसार फाराम भराउन सबै शिक्षा प्रदेश परीक्षा व्यवस्थापन कार्यालय र शाखा कार्यालय सबै, शिक्षा विकास तथा समन्वय इकाइलाई अनुरोध गरेको छ ।
बोर्डबाट मंसिर ८ गते प्रकाशित २०७९ सालको एसईईमा सम्मिलित हुने परीक्षार्थीहरुको परीक्षा आवेदन फारामको सूचनामा ग्रेडवृद्धि परीक्षामा सम्मिलित हुन पाउने भन्ने विषयमा केही जिल्लाहरुमा द्विविधा भएको जानकारी आएकाले स्पष्ट हुन सूचनामा उल्लेख गरिएको छ ।