कुख्यात अपराधि चार्ल्स शोभराजलाई छाड्न अस्वीकार

केन्द्रभाग मिडिया

काठमाडौं ।

केन्द्रीय कारागारले बिकिनी किलरका रुपमा चिनिएका चार्ल्स सोभराजलाई छाड्न अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतको वुधबारको आदेश स्पष्ट नभएको भन्दै तत्काल छाड्ने अवस्था नदेखिएको कारागार व्यवस्थापन विभाग स्रोतले जानकारी दिएको छ ।

विभागका सुचना अधिकारी रामचन्द्र शिवाकोटीले शोभराज बुधबारको आदेशकै भरमा छुट्ने अवस्था कम देखिएको बताए ।यसअघि सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय भोगिरहेका ७८ वर्षीय फ्रेन्च नागरिक सोभराजलाई तत्काल थुनामुक्त गरि १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश दिएको थियो ।

  • ७ पुष २०७९, बिहीबार १५:१६ प्रकाशित