अर्थमन्त्री शर्मा भन्छन् ,‘प्रधानमन्त्री प्रचण्ड, राष्ट्रपतिमा रामचन्द्र र माधवमा एक’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका सांसद तथा अर्थमन्त्री जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने बताएका छन् ।

शपथ ग्रहणका संघीय संसद् भवन पुगेका शर्माले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डकै नेतृत्वमा सरकार बन्नुपर्ने आफ्नो सुझाव रहेको बताएका हुन् ।

उनले भने, ‘माधव नेपाल अस्पतालबाट डिस्चार्ज भएपछि बस्ने गठबन्धनको बैठकले को प्रधानमन्त्री वा राष्ट्रपति बन्ने निर्णय गर्छ । अध्यक्ष प्रचण्डको पहिलो पालोमा प्रधानमन्त्री बन्नुपर्छ मेरो सुझाव छ । तर गठबन्धनबाट को बन्छ थाहा छैन ।’

‘राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक हुनुहुन्छ होला,’ शर्माले भने ।

  • ७ पुष २०७९, बिहीबार १४:१९ प्रकाशित