दोलखा अपडेट : माओवादीका कार्की विजयी

केन्द्रभाग मिडिया

काठमाडौं ।

दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्की विजयी भएका छन्।

कडा प्रतिस्पर्धाबीच कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गरेका हुन् । कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरे भने शिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गरे ।

दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजय भएका छन् । उनले २३ हजार तीन सय ३१ मत प्राप्त गरेका छन् भने एमालेका नरबहादुर श्रेष्ठले १५ हजार तीन सय ५६ मत प्राप्त गरेका थिए । प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भए ।

  • १९ मंसिर २०७९, सोमबार ०९:३४ प्रकाशित