दोलखा मतगणना : एमालेका शिवाकोटीले घटाए मतान्तर

केन्द्रभाग मिडिया

काठमाडौं ।

दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले अग्रता कायमै राखेका छन् ।

सोमबार विहानसम्मको मतगण्ना अनुसार कार्कीले ३३ हजार ६ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ३२ हजार ८२३ मत पाएका छन् । माओवादीका कार्की १८३ मतले अगाडि छन् ।

आइतबार राति १८ सय मतान्तरले पछाडि परेका शिवाकोटीले सोमबार विहानसम्म मतान्तर घटाएर १८३ पुर्याएका छन् । शुक्रबारदेखि सुरु भएको मतगणनामा कार्कीले अग्रता लिएका थिए ।

तर शनिबार रातिदेखि एमाले उम्मेदवार शिवाकोटी अगाडि लागे । आइतबार अपरान्हतिर कार्कीले शिवाकोटीलाई उछिने । सोमबार विहानसम्म कार्कीको अग्रता कायम छ ।

  • १९ मंसिर २०७९, सोमबार ०८:४७ प्रकाशित