प्रतिनिधिसभातर्फ कांग्रेसले कुन प्रदेशमा कति सिट जित्यो ? (सूचिसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले मंसिर ४ मा सम्पन्न निर्वाचनबाट ५७ जना प्रतिनिधिसभा सदस्य जितेको छ ।

१६५ निर्वाचन मध्ये ९१ मा उम्मेदवारी दिएको कांग्रेसले ६२ प्रतिशत नतिजा निकालेको छ । पाँच दलीय गठबन्धनका साथ चुनावी गएको कांग्रेसले ३४ सिट भने गुमाएको छ । कांग्रेसले माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चालाई ७४ सिट छाडेको थियो ।

कांग्रेसबाट प्रदेश १ मा १९, मधेसमा १५, बामतीमा १८, गण्डकीमा १२, लुम्बिनीमा १४, कर्णालीमा ४ र सुदूरपश्चिममा ९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । प्रदेश १ मा ९, मधेसमा ७, बागमतीमा १३, गण्डकीमा १०, लुम्बिनी ६, कर्णालीमा ४ र सुदूरपश्चिममा ८ जना निर्वाचित भएका छन् । महामन्त्री विश्वप्रकाश शर्माको गृहप्रदेश १ मा कांग्रेसले प्रदेश १ मा ४७ प्रतिशत मात्र जित्यो ।

यस्तै नेता विमलेन्द्र निधिको गृहप्रदेश मधेसमा ४६ प्रतिशत जित्दा महामन्त्री गगन थापाको गृह प्रदेशमा बागमतीमा ७२ प्रतिशत जित निकालेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेलेको गृहप्रदेश गण्डकीमा ८३ प्रतिशत जित्दा गृहमन्त्री बालकृष्ण खाणको गृहप्रदेश लुम्बिनीमा कांग्रेस ४२ प्रतिशतमा सीमित भयो ।

  • १८ मंसिर २०७९, आईतवार १५:५८ प्रकाशित