निर्वाचन समीक्षाका लागि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारुढ दल नेकपा (माओावादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल र गत निर्वाचनको समीक्षा हुनेछ ।

शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला गरेको बताएको थियो । आजको बैठकले पनि सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल गर्ने जनाइएको छ ।

बैठक दिउँसो २ बजेपछि पार्टी कार्यालयमा पेरिसडाँडामा बस्नेछ ।

  • १८ मंसिर २०७९, आईतवार ०९:४५ प्रकाशित