स्याङ्जा २ मा मत गणना नसकिँदै गुरुङको जित निस्चित

केन्द्रभाग मिडिया

पोखरा ।
स्याङ्जा २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको जित निस्चित भएको छ ।

गन्न बाँकी मत भन्दा मत अन्तर बढी भएसंगै उनको जित निस्चित भएको हो । अब ३ हजार १९९ मत गणना हुन बाँकी रहँदा धनराजले एमाले सचिव पद्मा अर्याललाई भन्दा ६ हजार ३८ मतले अगाडि छन् ।

गुरुङले ३० हजार ३१३ मत प्राप्त गर्दा आर्यालले २४ हजार २७५ मत प्राप्त गरेकी छन् । रास्वपाका टिकराज गुरुङले ७ हजार ८६८ मत ल्याएका छन् ।

  • १७ मंसिर २०७९, शनिबार २०:२२ प्रकाशित