ओलीले जघन्य अपराध गरेका छन् : रामचन्द्र पौडेल

केन्द्रभाग मिडिया

सुर्खेत ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओलीले देशमा जघन्य अपराध गरेको बताएका छन्।

वीरेन्द्रनगरमा आयोजित प्रदेश स्तरिय गठबन्धनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशलाई प्रतिगमनबाट जोगाउनका लागि गठबन्धन एउटा अभियान भएको समेत बताए ।

नेता पौडेलले आधिकारिक उम्मेदवारको पक्षमा निष्‍ठाको साथ लाग्न कार्यकर्ताहरूलाई आग्रह गरे ।

  • ६ कार्तिक २०७९, आईतवार १६:५९ प्रकाशित