काठमाडौं ।
नेपाली कांग्रेसले आज आज प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
आज आइतबार साँझ ५ बजे घोषणापत्र सार्वजनिक गर्ने तय भएको कांग्रेको सचिवालयले जनाएको छ ।कांग्रेस सहमहामन्त्री एवं चुनावी घोषणापत्र लेखन समिति सदस्य जीवन परियारका अनुसार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुले प्रधानमन्त्री निवास वालुवाटारबाट घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेका हुन्।