कांगेस उपसभापति गुरुङ चढेको गाडी गल्याङमा दुर्घटना

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसका उपसभापति एवं स्याङ्जा क्षेत्रनम्बर २ का उम्मेदवार धनराज गुरुङ चढेको गाडी दुर्घटनामा परेको छ ।

उपसभापति गुरूङ सवार बा १६ च ५४४९ नम्बरको स्कार्पियो गाडी कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा गाडी दुर्घटनामा परेको हो । गाडी नलिमा कोल्टिएको छ । दुर्घटनामा कोही पनि घाइते नभएको गुरुङले फेसबुका स्टाटस लेखेर जानकारी दिएका छन् ।

  • ४ कार्तिक २०७९, शुक्रबार १७:०२ प्रकाशित