सहकारीका सिद्धान्तलाई आत्मसाथ नगर्दा समस्यामाः उपप्रमुख गुरुङ

केन्द्रभाग मिडिया

पोखरा । पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले सहकारीहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण समस्यामा परेको बताएकी छिन । ६७ औँ सहकारी दिवसको २०८० को अवसरमा पोखरा महानगरपालिका सहकारी तथा उद्योग शाखाको आयोजनामा सरकारी संघसंस्थाहरुसंग आयोजना गरिएको अन्र्तरक्रिया कार्यक्रममा बोल्दै उनले भनिन,“ सहकारीका सिद्धान्तलाई आत्मसाथ नगर्दा अहिलेको अवस्था सृजना भएको छ । त्यसैले सहकारीको मर्म र भावना अनुसार सञ्चालन गर्नुुपर्छ ।” उनले सहकारीहरु समस्याग्रस्त बन्दा बचकर्ताहरु पिडामा रहेको उल्लेख गर्दै समस्या समाधानका लागि सञ्चालकहरु जिम्मेवार बन्नुपर्नेमा जोड दिइन ।

गुरुङले सहकारीलाई कसरी अगाडी बढाउने र समृद्धिसंग जोडने भन्ने बारेमा यस्ता छलफलबाट निष्कर्ष निकाल्न सहज हुने विश्वास ब्यक्त गरिन । उनले सहकारी प्रति गुुमेको विश्वासलाई बृद्धि गर्न सबैको भुमिका हुने बताउदै आर्थिक रुपमा आत्मनिर्भर बताउदै समानता कायम गर्न सहयोगी बन्ने उल्लेख गरिन । पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारीहरुका साधारणसभा देखावटी, भत्ता र खाजाका कारण बिग्रिएको बताए । साधारण सभामा शेयर सदस्यहरुले भत्तालाई प्राथमिकता दिने प्रचलनका कारण सहकारीहरु समस्यामा परेका छन् उनले भने,“ सहकारीलाई व्यवस्थित बनाउने सञ्चालक र शेयर सदस्यहरुले हो हो तर भत्तामा ध्यान केन्द्रीत गर्ने अरु विषयमा ध्यान नदिदाँ समस्या देखियो ।”

सहकारीप्रति गुुमेको विश्वासलाई फर्काउने वातावरण सृजना गर्नुपर्नेमा उनको जोड रहेको थियो । कार्यक्रममा गण्डकी प्रदेशका सहकारी रजिष्टार भेषराज रिजाल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापा लगायतले सहकारीका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिएभन भने स्वागत सहकारी शाखाका प्रमुुख अनिल कार्की र सञ्चालन सहकारी समितिका सदस्य दिपक आचार्यले गरेका थिए ।

  • १६ चैत्र २०८०, शुक्रबार १७:२४ प्रकाशित