रोमाञ्चक खेलमा आयरल्याण्ड वुल्भ्स ‘ए’ सँग नेपाल ‘ए’ पराजित

केन्द्रभाग मिडिया

File photo

पोखरा ।

आयरल्याण्ड वुल्भ्सविरूद्धको टी(२० सिरिजको पहिलो रोमाञ्चक खेलमा नेपाल पराजित भएको छ ।  त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल ‘ए’ आयरल्याण्ड वुल्भ्स ‘ए’ सँग २१ पराजित भएको हो ।

आयरल्याण्ड वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याउने क्रममा लोकेश बमको शतकका बाबजुद पनि नेपालले २०१ रनमात्रै बनायो ।

५६ बलमा ९ चौका र ८ छक्का हानेका लोकेश १ सय ६ रन बनाउँदा क्याच आउट भए । चौथो विकेटका लागि ओपनर लोकेश बम र आरिफ शेखले १ सय २१ रनको शतकीय साझेदारी गरेपछि नेपालले जितको आधार खडा गरेपनि त्यसपछि नेपालले लगातार विकेट गुमाएपछि हार भोग्न बाध्य भयो ।

नेपाल एक समय १५.६ ओभरमा ४–१ सय ८९ को अवस्थामा थियो। आयरल्यान्डलाई दिएको अतिरिक्त २१ रन पनि नेपालका लागि भारी पर्‍यो । तर त्यसपछिका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालले १८ औँ ओभरमा लगातार दुई विकेट गुमायो। ओभरको दोस्रो बलमा आरिफलाई गुमाएको नेपालले अन्तिम बलमा किरण किरण ठगुन्नालाई गुमाउन पुग्यो।

आरिफ शेख अर्धशतक बनाउनबाट चुके। २६ बलमा १ चौका र ५ छक्का हानेका आरिफ ४९ रन बनाउँदा क्याच आउट भए । देव खनाल, रासिद खान, कमल ऐरि, हेमन्त धामी शून्यमा पेभेलियन फर्किए ।

कप्तान विनोद भण्डारी १६ रनमा बोल्ड आउट भए । देव खनाल शून्य र अर्जुन घर्ती ३ रनमा पेभेलियन फर्किए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ए टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्यान्ड टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २२ रनको योगफल तयार पारेको थियो ।

दोस्रो विकेटका लागि ओपनर पिटर मुर र केड कारमिचेलले ८८ रनको साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य पाएको हो ।

२९ बलमा ४ चौका र १ छक्का हान्दै ३८ रन बनाएका केडलाई १० औँ ओभरको अन्तिम बलमा सागर ढकालले एलबीडब्लु धरापमा पार्दै साझेदारी तोडेका थिए।

अर्का ओपनर पिटर मुर अर्धशतक बनाउनबाट चुके। ३२ बलमा ४ चौका र ३ छक्का हानेका पिटर ४९ रन बनाउँदा आरिफ शेखको बलमा बोल्ड आउट भए।

गाभिन होए १८ र ग्यारेथ डिलानी ३० रनमा अविजित रहे । कप्तान निक रक ३८ रन बनाउँदा क्याच आउट भए। २३ बलमा १ चौका र ३ छक्का हानेका निकलाई कमलले नै पेभेलियनको बाटो देखाए।

आयरल्यान्डले पहिले विकेटका रुपमा ओपनर रोस अडाएरलाई २ रनमा नै गुमाएको थियो । स्टेफन डोहेने ३४ रन बनाउँदा कमल ऐरिको बलमा सागर ढकालको हातबाट क्याच आउट भए ।

आयरल्यान्डविरुद्धको खेलबाट नेपाली टोलीमा पुनरागमन गरेका कमलले आफ्नो पहिलो ओभरमा नै ओपनर रोस अडाएरलाइ पेभेलियनको बाटो देखाएका थिए ।

सन् २०२२ मा मलेसियाविरुद्धको खेलमा घाइते भएका कमल ए टोलीमा स्थान बनाउँदै टोलीमा फर्किएका हुन् । नेपालका लागि कमल सिंह ऐरिले ३ विकेट लिए । सागर ढकाल र आरिफ शेखले समान एक विकेट आफ्नो नाममा गरे । सिरिजको दोस्रो खेल भोलि शनिबार हुनेछ ।

 

  • १६ चैत्र २०८०, शुक्रबार १६:४६ प्रकाशित