पाल्पामा युवतीको हत्या आरोपी देवलाल पक्राउ

केन्द्रभाग मिडिया

पाल्पा । पाल्पामा १९ वर्षिय युवती हत्याको आरोपमा एकजनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । गत चैत्रको १३ गते पाल्पा रिब्दीकोट गाउँपालिका १ ख्याहाकी पद्मा सुनारको हत्या गरेको अभियोगमा प्रहरीले सोही स्थानका सागर भनिने देवलाल सार्कीलाई पक्राउ गरी सार्बजनिक गरेको हो ।

देवलालले गत चैत्र १३ गते धरिलो हतियार प्रयोग गरी पद्माको हत्या गरेको प्रहरीले जनाएको छ । मृतक र देवलालबीच भनाभन हुँदा आवेशमा आएर हत्या गरेको आरोपीले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताए । प्रहरीले लप्सीफेदी स्थित देवलालको घर गोठबाट हत्यामा प्रयोग भएको हसिया, मोवाइल लगायतका सामान बरामद गरेको छ ।

हत्या भएकै दिनदेखि प्रहरीले देवलाललाई निगरानीमा राखेको थियो । देवलाल विरुद्ध मृतक पद्माका बुवा दवबहादुर सुनारले शुक्रबार किटानी जाहेरी दिएका छन ।

  • १६ चैत्र २०८०, शुक्रबार १६:१२ प्रकाशित