स्वीट्जरल्याण्ड गएको सभामुख घिमिरेको टोली स्वदेश फर्कियो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

जेनेभामा भएको अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश फर्किएको छ । १ सय ४८औँ आईपीयूको महासभामा सहभागी हुन त्यहाँ गएको टोली आज बिहान ९ बजे काठमाडौँ आइपुगेको हो ।

टोलीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरी आईपीयूमा भएको कार्यक्रमबारे जानकारी गराएको छ । सभामुख सहितको टोली गत बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेको थियो ।

  • १६ चैत्र २०८०, शुक्रबार १०:३३ प्रकाशित