दक्षिण अफ्रिकामा बस दुर्घटना : ४५ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको ज्यान गएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका भने जीवितै फेला परेकी छन् । उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।

बोत्स्वानाको राजधानी गेबोरोनबाट इस्टर मनाउन मोरिया शहरतर्फ गइरहेकाहरु विहीबार दुर्घटनामा परेका हुन् । उनीहरु सवार बस अनियन्त्रित हुँदै पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खाल्डोमा खसेको थियो । त्यसपछि बसमा आगो लागेको थियो ।

  • १६ चैत्र २०८०, शुक्रबार १०:०८ प्रकाशित