साताको अन्तिम दिन युरोको भाउ घट्यो, डलरको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार युरोको भाउ घटेको छ ।

आज युरो एकको खरिददर १४३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३७ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४४ रुपैयाँ १९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८४ पैसा थियो । आज डलर एकको खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा रहेको छ ।

आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ०८ र बिक्रीदर १६८ रुपैयाँ ८३ पैसा रहेको छ ।यस्तै १० जापानी येनको खरिददर ८ रुपैयाँ ८० पैसा र बिक्रीदर ८ रुपैयाँ ८४ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८ रुपैयाँ ५० पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ५० पैसा र बिक्रीदर ३५ रुपैयाँ ६६ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ १३ पैसा र बिक्रीदर २८ रुपैयाँ २६ पैसा रहेको छ ।

  • १६ चैत्र २०८०, शुक्रबार ०९:४३ प्रकाशित