टी–२० : आज नेपाल ए र आयरल्यान्ड ए भिड्दै, आज पनि वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल ए ले पहिलो टी–२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ ।

विहीबार वर्षाको कारण पहिलो खेल रद्द भएको थियो । त्यसैले क्यानले तालिका परिवर्तन गरेको थियो ।नेपाल ए र आयरल्यान्ड ए बीच तीन टी–२० खेल शुक्रबार, शनिबार र सोमबार हुनेछ । त्यस्तै तीन एकदिवसीय खेल चैत २१ (बुधबार), चैत २३ (शुक्रबार) र चैत २५ (आइतबार०) हुनेछ ।

आज पनि वर्षाको सम्भावना

शुक्रबार बिहानैदेखि काठमाडौंमा कालो बादल लागेको छ । दुबै टोलीलाई वर्षाको डर छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको अनुसार आज दिउँसो पनि काठमाडौंमा पानी पर्ने सम्भावना छ ।

  • १६ चैत्र २०८०, शुक्रबार ०९:३० प्रकाशित