संघीय सरकारले दिएभन्दा यी थप तीन दिन गण्डकीमा सार्वजनिक विदा

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश सरकारले विक्रम संबत २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारले भन्दा प्रदेशले थप दिनका लागि बिदा दिने निर्णय ९ चैतको मन्त्रिपरिषद् बैठकले गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयले जनाएको छ । सरकारले बिदाको सूचना राजपत्रमा समेत प्रकाशन गरिसकेको छ ।

चैते दसैंका दिन ४ वैशाखमा, भानुजयन्तिका दिन २९ असारमा र कोजाग्रत पूर्णिमाका दिन १ कात्तिकमा बिदा दिने निर्णय भएको राजपत्रमा उल्लेख छ । अघिल्ला २ वर्ष प्रदेश सरकार स्थापना दिवसका दिन ४ फागुनमा दिँदै आएको बिदा भने यसपालि कटौती भएको छ ।

गण्डकी प्रदेशमा रहेका संघीय सरकारका कार्यालय समेतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा लागु हुने सचिव तीर्थराज भट्टराईद्वारा जारी सूचनामा उल्लेख छ ।

  • १६ चैत्र २०८०, शुक्रबार ०७:२८ प्रकाशित