पौडी खेल्ने क्रममा डुबेर दुई जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

दैलेखको भैरवी गाउँपालिका–३ सालपानी बस्ने १९ वर्षीय ज्ञानु तिरुवा कामीको डुबेर मृत्यु भएको छ । छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेर बुधबार दिउँसो ज्यान गएको हो।

उता धनुषाको जनकपुर उपमहानगरपालिका–४ स्थित गङ्गा सागर पोखरीमा डुबेर महोत्तरी एकडाँडा गाउँपालिका–३ घर भइ हाल सोही उपमहानगरपालिका–८ बलुवा टोल डेरा गरी बस्ने ३५ वर्षीय लक्ष्मण झाको बुधबार दिउँसो ज्यान गएको छ ।

डुबेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुर धनुषामा उपचारको क्रममा ज्यान गएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • १५ चैत्र २०८०, बिहीबार १५:२३ प्रकाशित