भारत जानुअघि क्रिकेट टिमका कप्तान रोहितले भने, ‘सरकारले घोषणा गरेको आधा बढी पुरस्कार पाएका छैनौँ’

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले सरकारले घोषणा गरेको आधाभन्दा बढी पुरस्कार नपाएको गुनासो गरेका छन् ।

एसीसी प्रिमियर लिग र भारतमा अभ्यास खेल्न जाने क्रिकेट टीमको बिदाइ कार्यक्रममा कप्तान रोहितले टी-२० विश्वकपमा छनोट भएको ५ महिना बितिसक्दा पनि सरकारले घोषणा गरेको रकम नपाएको गुनासो गरेका हुन् ।

‘सरकारले घोषणा गरेको ५०/६० प्रतिशत रकम अहिलेसम्म पाएका छैनौँ,’ उनले भने, ‘टी-२० विश्वकप छनोटपछि घोषणा गरेको रकम अहिलेसम्म उहाँहरूले भुक्तानी गर्नुभएको छैन ।’

उनले थपे, ‘विश्वकप खेल्न १/२ महिना बाकी छ । दिनुहुन्छ भन्नेमा मलाई विश्वास छ ।’उक्त कार्यक्रम प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले रकम भुक्तानीका लागि प्रक्रिया अगाडि बढाएको बताए ।

  • १५ चैत्र २०८०, बिहीबार ११:०३ प्रकाशित