आज डलर, युरो र पाउण्डको भाउ कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार पुन डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा थियो ।

आज युरो एकको खरिददर १४४ रुपैयाँ १९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८४ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ १९ र बिक्रीदर १६९ रुपैयाँ ९४ पैसा रहेको छ ।यस्तै १० जापानी येनको खरिददर ८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८ रुपैयाँ ८५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८ रुपैयाँ ५० पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ १२ पैसा र बिक्रीदर २८ रुपैयाँ २५ पैसा रहेको छ ।

  • १५ चैत्र २०८०, बिहीबार १०:०४ प्रकाशित