आजदेखि एसइई सुरु, ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी

केन्द्रभाग मिडिया

पोखरा ।

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । आज बिहान ८ बजेदेखि सुरुभएको परीक्षा २७ गतेसम्म चल्नेछ । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन् ।

आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८ सय ६ विद्यालयका २ लाख ५० हजार ७ सय ७२ छात्रा, २ लाख ५३ हजार ६ सय २७ छात्र र अन्य १५ जना गरी कुल ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुने कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । परीक्षार्थीमध्ये ५ सय ६ विद्यालयका १५ हजार ७ सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।

परीक्षामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुने छन् । परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएकोछ । सबैभन्दा कम मनाङ, मुस्ताङमा १/१ र सबैभन्दा बढी काठमाडौंंमा १ सय २७ केन्द्र छन् ।

यस वर्ष जापानबाट २३ जनाले परीक्षा दिने छन् । प्रत्यक्षरूपमा ७७ हजार ४ सय ८५ जना जनशक्ति परिचालन हुनेभएका छन् । ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ यस वर्ष पहिलो पटक निर्दे शिका कार्यान्वयनमा ल्याएसँगै एसइई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनै पर्ने भएको छ ।

परीक्षार्थीले कम्तीमा सैद्धान्तिक विषयमा ३५ अंक र प्रयोगात्मकमा ४० अंक ल्याउनै पर्ने बताउँदै १०० सय पूर्णा ंक रहेको विषयमा ३५ र ७५ पूर्णाकको विषयमा २७ अंक ल्याउनु पर्ने छ ।

  • १५ चैत्र २०८०, बिहीबार ०६:३५ प्रकाशित