सन्दीप लामिछानेको नयाँ गीत ‘हिँड्न देऊ पाइला’ सर्वजनिक

केन्द्रभाग मिडिया

काठमाडौं ।
सन्दीप लामिछानेले नयाँ गीत सार्वजानिक गरेका छन् । बुधबार बिहान उनले आफ्नो युट्युब च्यानल ‘सन्दीप लामिछाने’ मार्फत् नयाँ गीत सार्वजानिक गरेका हुन् ।

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर रहेका ‌लामिछाने काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएसँगै अहिले उच्च अदालत पाटनमा पुनरावेदन गराइरहेका छन् ।

लामिछानेले यहीबीचमा आफ्नो नयाँ गीत सार्वजनिक गरेका हुन् । सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले उनलाई मानसिक रूपमा तनावमुक्त गर्नका लागि गीत र अभ्यासमा व्यस्त राखिएको बताए ।

उनले भने, ‘सन्दीप मानसिक रूपमा कमजोर हुँदै गएपछि उनलाई आफ्नो लगावको कामका रूपमा रहेको गीत र अभ्यासमा फोकसका लागि हामीले आग्रह गरेका छौं ।’

लामिछानेलाई बलात्कार मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको छ ।

  • १४ चैत्र २०८०, बुधबार ११:५० प्रकाशित