आज डलरको भाउ घट्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलरको भाउ घटेको छ । आज डलर एकको खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा थियो ।

आज युरो एकको खरिददर १४४ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९८ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ३१ र बिक्रीदर १६९ रुपैयाँ ०७ पैसा रहेको छ ।यस्तै १० जापानी येनको खरिददर ८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८ रुपैयाँ ८३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८ रुपैयाँ ५० पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ १७ पैसा र बिक्रीदर २८ रुपैयाँ ३० पैसा रहेको छ ।

 

  • १४ चैत्र २०८०, बुधबार ०९:०४ प्रकाशित