बहराइनसंग नेपाल ३-० गोल अन्तरले पराजित

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।

फिफा विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोली दोस्रो लेगमा पनि हार बेहोरेको छ । बहराइन नेशनल स्टेडियममा मंगलबारराति भएको खेलमा नेपाल बहराइनसँग ३-० गोल अन्तरले पराजित भएको हो । नेपालले तीनै गोल पहिलो हाफमा खाएको थियो ।

नेपाल पहिलो लेगमा ५-० ले पराजित भएको थियो । बहराइनको घरेलु मैदानमा भएको दुबै खेलमा नेपालले समग्रमा ८-० को हार बेहोरेको हो । यससँगै नेपाल अंकविहिन हुँदै समूहको पुछारमा छ । यसै समूहको अर्को खेलमा यूएईले यमनलाई ३-० ले हरायो ।

सबै चार खेल जितेर यूएई १२ अंकसहित शीर्षमा छ । बहराइनको भने नौ अंक भएको छ । यमनको तीन अंक छ । अब छनोटका बाँकी दुई खेलमा नेपालले यूएई र यमनको सामना गर्नेछ ।

  • १४ चैत्र २०८०, बुधबार ०७:१९ प्रकाशित