सुख्खायाममा पनि २५० मेगावाट बिजुली भारत निर्यात

केन्द्रभाग मिडिया

काठमाडौँ ।

मौसम परिवर्तन भएसँगै लगातार पानी पर्न थालेपछि बिजुली उत्पादन बढेको छ । ४–५ दिनयता लगातार पानी पर्दा सुख्खायाममा नै भारतमा बिजुली निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा (होली)को समयमा २५० मेगावाटसम्म बिजुली भारत बेचिएको हो ।

बिजुली उत्पादनमा नेपालको जडित क्षमता करिब ३ हजार मेगावाट छ । तर सबैजसो उत्पादन नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाबाट हुन्छ । यसको अर्थ सुख्खायामको तुलनामा अत्यधिक बिजुली उत्पादन वर्षायाममा हुन्छ । जब सुख्खायाम सुरु हुन्छ, तब उत्पादन घटेर न्यून अवस्थामा आइपुग्छ ।

चालू आर्थिक वर्षमा विद्युत् प्राधिकरणले वर्षायाममा साढे १५ अर्बको बिजुली भारत बेच्यो । यो साउनदेखि कात्तिक अन्तिम वा मङ्सिर पहिलो सातासम्मको तथ्याङ्क हो । सो अवधिमा नेपालबाट साढे ६०० मेगावाटसम्म बिजुली भारतलाई बेचिएको थियो । तर मङ्सिरसँगै नदीको बहाव घट्न थालेसँगै भारतले दैनिक साढे ५०० मेगावाटसम्म आयात गरिरहेको छ ।

  • १३ चैत्र २०८०, मंगलवार १७:०४ प्रकाशित