आयरल्याण्ड वुल्भ्सको ‘ए’ माथि नेपालको लगातार दोस्रो जित

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीविरुद्ध लगातार दोस्रो जित दर्ता गराएको छ ।

जितका लागि नेपालले दिएको १ सय ९९ रनको विशाल लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा अलआउट हुँदै १२७ रनमा समेटिएको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १९८ रन जोडेको थियो।

  • १३ चैत्र २०८०, मंगलवार १६:३७ प्रकाशित